बल्ल आनन्द भयो हेटौंडाका आनन्दलाई

जनपत्र
१५ भाद्र २०७७, सोमबार १८:३०

हेटौंडा/नेपाली का“ग्रेस हेटौंडा उपमहानगर समिति सभापति आनन्दराम पराजुलीले कोरोनालाई जितेका छन् ।
उनी कोरोना भाइरसका कारण १६ दिन घरमा परिवार, साथीभाइ, टोलछिमेक, नातागोता , सामाजिक गतिविधिबाट छुट्टै बसेका थिए । पहिलो स्वाब परीक्षण साउन ३२ गते गरिएकोमा भदौ ५ गते परीक्षणको रिपोर्ट उनमा पोजेटिभ आएको थियो । कोरोना पुनः परीक्षणका लागि भदौ १४ गते स्वाब दिइएकोमा भदौ १५ गते रिपोर्ट नेगेटिभ आएको हो ।

‘यहा“हरु सबैमा आभार व्यक्त गर्न चाहन्छु । यहा“हरुको सद्भाव, माया, सुझावले मलाई अझ बढी जिम्मेवार बनाएको महसुस भएको छ । निरन्तर यहा“हरुको माझमा यहा“हरुकै सल्लाह÷सुझावअनुसार सामाजिक कार्यमा लाग्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भनेका छन् ।
मुख्यमन्त्री डोरमणि पौडेल, राप्रपा अध्यक्ष कमल थापा, जनप्रतिनिधि साथीहरु, विभिन्न पार्टीका साथीहरु, नेताहरु, सांसद्हरुलगायत कोरानाविरुद्ध अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीप्रति अन्तरआत्मादेखि आभार व्यक्त गरेको उनले बताए ।

उनले आफूलाई माया गरेर स्वास्थ्यलाभ शुभकामना गर्ने, आत्मबल उच्च राख्न सल्लाह÷सुझाव दिने, कोरोनास“ग लड्ने क्षमता प्रदान गर्ने र कोरोना संक्रमित अपराधी होइनन् भनेर सहयोग गर्ने सम्पूर्ण टोलबासी, छिमेकी, नातागोता, साथीभाइ, नेपाली का“ग्रेस केन्द्रीय नेता तथा जिल्ला, नगर, गाउ“पालिका र वडाका साथीहरु, तरुण दल, नेवि संघ, महिला संघ, दलित संघ, जनजाति संघका साथीहरुप्रति पनि आभार व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*