कोरोना संक्रमित उपमहानगरका कर्मचारीलाई चेतनामुलक कार्यक्रम
हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा कार्यरत कोरोना संक्रमतिलाई जलनीतिको अभ्यास गराइएको छ । रितमबरा बैकल्पीक स्वास्थ्य प्रतिष्ठान द्वारा सञ्चालित पुनरनवा अस्पतालको आयोजनामा कोरोनाका बारेमा सचेतना फैलाउनका लागि जलनीतिको अध्यास समेत गराइएको हो ।
उपमहानगरपालिकामा कार्यालय सहयोगि, दमकलका चालक, फायर मेन सहित १४ जनालाई यस अस्पतालका निर्देशक डाक्टर दिपक पौडेलले अभ्यास गराएर योग तथा प्रणयमबाट सिकाउनु भएको थियो । यसैगरी प्रतिष्ठानका सदस्य धुर्ब बहादुर भुजेलले जलनीतिको भाडो पनि निशुल्क रुपमा वितरण गर्नुभयो ।






