लामो दूरीका गाडी र आन्तरिक उडान भदौ मसान्तसम्म नचल्ने

जनपत्र
१५ भाद्र २०७७, सोमबार ०७:०८

काठमाण्डौ – सरकारले लामो दूरीका गाडी र आन्तरिक उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको छ ।

आइतबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसअघि भदौ १५ अर्थात आजदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो । कोरोना सङ्क्रमण झन बढ्दै गएपछि मसान्तसम्म उडान स्थगित गर्ने निर्णय भएको सरकारले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान भने सर्त सहित भदौ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय कायमै राखिएको छ । यस्तै विद्यालय र कलेजसहितका शिक्षण संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*