कुल संक्रमित मध्यमा १९ प्रतिशत बागमती प्रदेशमा

जनपत्र
१५ भाद्र २०७७, सोमबार ०६:३७

हेटौंडा । देशैभरकिा कुल कोरोना संक्रमित मध्यमा १९ दशमलब ३५ प्रतिशत कोरोना भाइरस संक्रमित बागमती प्रदेशमा रहेका छन् । देशभरीका सात वटा प्रदेश मध्यमा १९ प्रतिशत संक्रमित बागमती प्रदेशमा देखिएका हुन् । पछील्ला दिनहरुमा यस प्रदेशमा कोरोना संक्रमितहरु धेरैनै वढेका छन् । पहिले अत्यन्त कम मात्र संक्रमित देखिएपनि पछील्ला हप्तामा बागमती प्रदेशमा धेरैनै कोरोना संक्रमित देखा परेका हुन् ।

कोरोनाको संक्रमणका कारण बागमती प्रदेशमा ५२ जनाको मृत्यु भइसकेको छ । हिजो एक दिनमा ५ सय ७६ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

काठमाण्डौ उपत्यका छिर्ने नाकामा कोरोना परिक्षण गर्न थालिएपछी संक्रमित थपीएका हुन् । हाल सम्म बागमती प्रदेशमा ७ हजार ४ सय ६५ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।

प्रदेशमा एक हजार एक जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

बागमती प्रदेशका १३ जिल्ला मध्यमा सवै भन्दा वढी काठमाण्डौ उपत्यकामा कोरोना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना संक्रमितको सख्या ३८ हजार ५ सय ६१ जना नाघ्दा बागमती प्रदेशमा भने ७ हजार ४ सय ६५ जना संक्रमित फेला परेका हुन् । संक्रमित धेरैको आइसोलेसनमा उपचार भइरहेको छ ।

पछील्लो समयमा कोरोना जाँच गर्ने दायरा पनि प्रदेश सरकारले वढाएसंगै कोरोना संक्रमित पनि वढ्दै गएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । बिशेषगरी विदेशबाट फर्कनेहरुबाट कोरोना भाइरस प्रदेशका विभिन्न जिल्लामा सरेको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*