एसइईमा नम्बर कम दिएको भन्दै शिक्षकमाथि कुटपिट

जनपत्र
१५ भाद्र २०७७, सोमबार ०६:१३

एसइईमा कम नम्बर दिएको भन्दै सिन्धुलीको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुले शिक्षकमाथि कुटपिट गरेका छन् । विद्यार्थीहरुले स्कुलका प्रधानाध्यापक तथा शिक्षकहरुमाथि आइतबार कुटपिट गरेका हुन् ।

सिन्धुलीको सुनकोसी गाउँपालिका ७ मा रहेको गणेश मावीका विद्यार्थीहरुले शिक्षकमाथि कुटपिट गरेका हुन् । उनीहरुले प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीले आफूहरुलाई नम्बर कम दिएको भन्दै कुटपिट गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*