एम्बुलेन्स दुर्घटना : काठमाण्डौमा कोरोना सङ्क्रमण हुने डरले सुत्केरी गराउन श्रीमतीलाई घर लाँदै थिए कृष्ण

जनपत्र
१५ भाद्र २०७७, सोमबार ०६:०१

६ वर्षको छोरा काठमाण्डौमै छाडेर गर्भवती श्रीमतीलाई एम्बुलेन्समा बोकेर घर आउनुभएका स्याङ्जा चापाकोटका भानुभक्त गैह्रे ९कृष्ण०को एम्बुलेन्स दुर्घटनामा परि ज्यान गयो । काठमाण्डौमा बस्दै आउनुभएका कृष्ण श्रीमतीको स्वास्थ्य सुरक्षाकै लागि बा २ झ ४०११ नम्बरको एम्बुलेन्समा घर जाँदै हुनुहुन्थ्यो । तर वालिङ ५ मझकोटमा आईतबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा गैह्रेसहित दुईजनाको ज्यान गयो ।

विश्वभर फैलिएको कोरोना सङ्क्रमणले काठमाण्डौमा भन्दा घरमा नै बच्चा जन्माउन सुरक्षित हुने स्वास्थ्यकर्मीले सल्लाह दिएका थिए । त्यही सल्लाह मान्नुभयो कृष्णले पनि । शनिबार बिरामी लिएर काठमाण्डौ गएको एम्बुलेन्समा उहाँ स्याङ्जा आउनुभयो । एम्बुलेन्समा चालकसहित अरु चारजना सवार थिए । तर घर पुग्नै नपाइ एम्बुलेन्स दुर्घटना भयो । दुर्घटनामा कृष्णसँगै चापाकोट नगरपालिका ९ का श्याम पंगेनीको पनि निधन भएको छ । एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र गर्भवती रहेकी कृष्णकी श्रीमती पवित्रा पोख्रेलको पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पवित्राले श्रीमान् त गुमाउनुभयो उहाँको पेटमा रहेको बच्चालाई पनि बचाउन सकिएन । चापाकोट नगर स्वास्थ्य प्रमुख बिन्दु कोइरालाका अनुसार घाइते पवित्राको पेटमा भएको बच्चा दुर्घटनाका कारण ज्यान गइसकेको थियो । कोइरालाका अनुसार चालक भण्डारी र पवित्राको स्वास्थ्य भने सामान्य रहेको छ । एम्बुलेन्स ग्रामिण सडकबाट झण्डै दुईसय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । पहिरोले साँघुरो सडक र लामो दूरीको यात्रा हुँदा दुर्घटना भएको अनुमान प्रहरीको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स दुर्घटना भएको खबरले आफूहरुलाई दुस्खी बनाएको चापाकोट नगर प्रमुख शिवकुमार गिरीले बताउनुभयो । घाइते र मृतकका परिवारमा धैर्यधारण गर्नसमेत नगर प्रमुख गिरीले आग्रह गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*