कोरोना संक्रमणका कारण भक्तपुरमा वृद्धको मृत्यु

जनपत्र
१४ भाद्र २०७७, आईतवार २०:३२

भक्तपुर । भक्तपुरमा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार समिट अस्पतालमा उपचारका क्रममा मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका ७५ वर्षका पुरुषको मृत्यु भएको हो ।

स्वासप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ११ गते समिट अस्पतालमा भर्ना गरिएका उनमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको आइतबार २ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका एक अधिकारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*