बिचौलियाबाट उन्मुक्ति दिन हेटौंडामा कृषि बजार– मुख्यमन्त्री पौडेल

जनपत्र
१४ भाद्र २०७७, आईतवार १५:२२

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिचौलियाबाट किसानलाई उन्मुक्ति दिनका लागि कृषि थोक बजार निर्माण गर्न लागिएको वताउनुभएको छ ।

हेटौंडा ११ थानाभ¥याङमा कृषि थोक बजार निर्माण सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा उहाँले किसानको सिधा सम्पर्क बजारको रुपमा विकास गरिने वताउनुभयो । यो काम प्रदेश र स्थानीय तहकै महत्त्वपूर्ण योजनाको रुपमा रहेको वताउनुभयो ।

अहिलेको अवस्थामा उत्पादनमा जोड दिने तर बजारको व्यवस्था नगर्ने अवस्था रहेको वताउँदै उहाँले भन्नुभयो–‘यो कृषि थोक बजार निर्माण भएपछी धेरै खालका समस्या समाधान हुने छ ।’ यो बजारका कारण धेरैले रोजगारी पाउने उहाँले वताउनुभयो । यसको निर्माणको काम निर्धारीत समयमा सक्नुपर्ने वताउँदे उहाँले भन्नुभयो–‘ उपमहाँनगरपालिकाको आर्थिक श्रोत बिचौलियाबाट उन्मुक्ति पाउँछ । किशानको सिधा सम्पर्कको बजारको रुपमा विकास गर्नुपर्छ । यो अत्यन्तै आधुनिक बजार हो ।’

यसको लागि पैसाको अभाव हुन नदिने उहाँले वताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले यो सम्झौता महत्त्वपूर्ण रहेको वताउनुभयो । यही भदौ अन्तिम सातामा टेन्डर निकाल्ने तयारी रहेको वताउनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, मन्त्रालयका सचिब दिपेन्द्रबहादुर कार्की लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका कार्यबाहक उपाध्यक्ष श्याम कुमार वस्नेत, प्रदेशका प्रमुख सचिब डाक्टर मानबहादुर विके, उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु कुमारी लामिछाने लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*