हेटौंडामा कोरोना संक्रमितको अवस्था बुझ्न जनप्रतिनिधिको टोली घरघरमा

जनपत्र
१४ भाद्र २०७७, आईतवार ०८:५५

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडामा कोरोना संक्रमितको समस्या बुझ्नका लागि जनप्रतिनिधिको टोली टोली खटिएको छ । भ्याएसम्म मेयर हरिबहादुर महत, उपमेयर मिना कुमारी लामा पनि कोरोना संक्रमणका कारण घरमै आइसोलेसनमा वसेका संक्रमितलाई भेट्नका लागि पुग्नु भएको छ । बिशेषगरी हेटौंडाको बजार क्षेत्रमा कोरोना संक्रमित धेरै छन् ।

स्वास्थ्यकर्मी सहितको टोली घरघरमा पुग्ने गरेको हो । कोरोना संक्रमितकोे अवस्था बुझ्नका लागि वडा अध्यक्षको नेतृत्वमा टोली खटिएको उपमहानगरपालिकाका मेयर महतले वताउनुभयो । होम आइसोलेसनमा बसेका संक्रमितको अवस्था, स्वास्थयमा परेका समस्या, परिवार, छिमेकले गर्ने व्यावहारका बारेमा बुझ्नका लागि वडामा वडा अध्यक्षको नेतृत्वमा वडा सदस्य र टोलविकास संस्थाका प्रतिनिधिहरु खटिएको मेयर महतले वताउनुभयो ।

सवै वडामा मेयर र उपमेयर जान नसक्ने भएकाले वडा अध्यक्षको नेतृत्वमा टोलि खटाइएको हो । केही बृद्धबृद्धाहरुलाई भने मेयर महत आफै पनि भेट्न पुग्नु भएको छ । आज पनि मेयर महत, उपमेयर मिना कुमारी लामा हेटौंडाको बसपार्क, टिसीएनरोड, आनन्दटोल लगायतका क्षेत्रमा होम आइसोलेसनमा वसेका कोरोना संक्रमितको अवस्था बुझ्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*