अब आफ्नो सेवा सम्बन्धि सम्पूर्ण जानकारी सुबिसुको सेल्फ केयर पोर्टलबाट

जनपत्र
१४ भाद्र २०७७, आईतवार ०८:४४

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले आफ्ना ग्राहकवर्गका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ ।

सुबिसु सेल्फ केयर पोर्टलको प्रयोगबाट ग्राहकवर्गहरुले आफुले खरिद गरेको सेवाको बारेमा विविध जानकारी लिन सक्नुहुनेछ साथै अनलाइन भुक्तानीबाट सेवा नविकरण गर्न पनि सक्नुहुनेछ भने आफ्नो हालको सेवालाई आफुले चाहे अनुरुप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न सक्नुहुने छ । ग्राहकवर्गको सहजता एवमं् सेवाको पारदर्शीताका लागि सेल्फ केयर पोर्टल सञ्चालन गरिएको विश्वास लिइएको छ । र आउने दिनहरुमा यस पोर्टलमा विभिन्न उपयोगी सेवाहरु पनि थपिदै लगिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*