बागमती प्रदेशमा २१ देखि ४० वर्ष सम्मका धेरै युवामा कोरोना संक्रमण, बालबालिका र बृद्धमा कम

जनपत्र
१४ भाद्र २०७७, आईतवार ०६:४७

हेटौंडा । बागमती प्रदेशमा युवा अवस्थाका उमेर समुहमा धेरैमा कोरोना संक्रमण देखा परेको छ । घरबाट बाहिर निस्कने र सावधानी नअपनाएका कारण यस प्रदेशका १३ जिल्लामा सबै भन्दा धेरै युवामा कोरोना संक्रमण देखा परेको हो । बिशेषगरी २१ देखि ३० वर्ष सम्म उमेर समुहका युवा युवतीमा धेरैनै कोरोना संक्रमण देखा परेको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । त्यसपछी ३१ देखि ४० वर्ष सम्मका युवा युवतीमा कोरोना संक्रमण धेरैमा देखिएको छ ।

१० वर्ष मुनीका बालबालिका र ७० वर्ष उमेर कटेका बृद्धबृद्धामा अत्यन्त कम कोरोना संक्रमण देखिएको उहाँले वताउनुभयो । बालबालिका र बृद्धबृद्धाहरु घरबाट त्यतीधेरै बाहिर निस्कदैनन् । कोरोनाको संक्रमणका कारण बागमती प्रदेशमा ४८ जनाको मृत्यु भइसकेको छ । हिजो एक दिनमा ३ सय ११ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

काठमाण्डौ उपत्यका छिर्ने नाकामा कोरोना परिक्षण गर्न थालिएपछी संक्रमित थपीएका हुन् । हाल सम्म बागमती प्रदेशमा ६ हजार ९ सय १६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।

प्रदेशमा एक हजार एक जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

बागमती प्रदेशका १३ जिल्ला मध्यमा सवै भन्दा वढी काठमाण्डौ उपत्यकामा कोरोना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना संक्रमितको सख्या ३७ हजार ३ सय ४० जना नाघ्दा बागमती प्रदेशमा भने ६ हजार ९ सय १६ जना संक्रमित फेला परेका हुन् । संक्रमित धेरैको आइसोलेसनमा उपचार भइरहेको छ ।

पछील्लो समयमा कोरोना जाँच गर्ने दायरा पनि प्रदेश सरकारले वढाएसंगै कोरोना संक्रमित पनि वढ्दै गएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । बिशेषगरी विदेशबाट फर्कनेहरुबाट कोरोना भाइरस प्रदेशका विभिन्न जिल्लामा सरेको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*