मकवानपुरमा एकै दिन ३९ जनाले कोरोना जिते
हेटौंडा । मकवानपुरमा कोरोना संक्रमित बढेसंगै कोरोना जितेर घर फर्कनेहरु पनि त्यती बढेका छन् । कोरोना भाइरसलाई परास्थ गर्नेहरु माज एकै दिनमा ३९ जना रहेका छन् ।
कोरोना जित्नेमा धेरैजसो आइसोलेसनमा रहेकाहरु र केही होम आइसोलेसनमा रहेकाहरुले कोरोना जितेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
कोरोनाको फलोअप परीक्षणका क्रममा उनीहरू कोरोना नेगेटिभ देखिएको हो । कुनैपनि रोग नलागेका र कोरोनाको लक्षण नदेखिएकाहरुले सजिलैसंग कोरोना जितेको स्वास्थ्यकर्मीहरु वताउँछन् ।






