बाँदरलाई हानेको भरुवा बन्दुकको गोलीले खोटाङमा १२ वर्षे बालकको ज्यान गयो

जनपत्र
१३ भाद्र २०७७, शनिबार १९:२१

खोटाङको ऐंसेलुखर्क गाउँपालिकामा बाँदरलाई हानेको गोली लागेर १२ वर्षीय बालकको मृत्यु भएको छ।

गाउँपालिका-४ जलेश्वरी थापागाउँका बालक शैलेन्द्र तामाङको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

बाँदरलाई गोली हान्ने २४ वर्षीय मानकाजी तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

खोटाङका प्रहरी नायब उपरीक्षक नारायण चिमरियाका अनुसार उनलाई शनिबार बिहान पक्राउ गरिएको हो र घटना शुक्रबार रातिको हो।

बालक मानकाजीका जेठानका छोरा हुन्। बुवा-आमा नै विदेशमा रोजगारीका लागि गएका कारण बालक आफन्तकोमा बसिरहेका थिए।

चिमरियाका अनुसार घरदेखि एक किलोमिटर उत्तरमा रहेको सुठुनीबारीमा बाँदर धपाउन साँझ बालकलाई लिएर मानकाजी गएका थिए।

बाँदर धपाउने क्रममा उनले बन्दुक पड्काउँदा बालकको अनुहार तथा टाउकोमा छर्रा लागेको थियो। बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तामाङलाई हिरासतमा लिएर अनुसन्धान थालिएको चिमरियाले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*