दैलेखमा अत्यधिक रक्तस्रावका कारण सुत्केरीकाे ज्यान गयाे, स्थानीय आन्दाेलित
दैलेख –अत्यधिक रक्तस्राव हुँदा दैलेखमा एकजना सुत्केरीको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य अवस्थामा सुत्केरी गराए पनि लगातार रगत बगेर ज्यान गएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्रले राम्रो उपचार गर्न नसकेको कारण सुत्केरीको ज्यान गएको भन्दै स्थानीयले ठाँटीकाँध गाउँपालिका र स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन् । गएको माघमा मजदुरी गर्न भारत जानुभएका मृतक पार्वतीका पति कर्णबहादुर शाही लकडाउनका कारण अहिले भारतको हिमाञ्चल प्रदेश मनालीमा रोकिनुभएको छ ।







