कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

जनपत्र
१३ भाद्र २०७७, शनिबार १६:३५

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि हुनेमा २ सय ४२ महिला र ६ सय ४२ जना पुरुष रहेका छन् । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*