हेटौंडाका कोरोना संक्रमितको अवस्था पत्ता लगाउनका लागि मोवाइल ट्रेसिङ सुरु

जनपत्र
१३ भाद्र २०७७, शनिबार ०७:३०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रभीत्र कोरोना भाइरसको संक्रमणका कारण होम आइसोलेसनमा वसेकाहरुको फोन ट्रेसिङको काम सुरु गरिएको छ । हेटौंडा अस्पतालबाट होम आइसोलेसनमा रहेकाहरुको मोवाइल एप मार्फत संक्रमितहरुको टे«सिङको काम सुरु गरिएको हो । फोनबाटनै टेसिङको काम हिजोबाटनै सुरु गरिएको हेटौंडा अस्पतालका सुपरीटेण्डेन डाक्टर प्रविण श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोनाको संक्रमणका कारण होम आइसोलेसनमा वसेकाहरुको फोनबाटनै ट्रेसिङको काम सुरु गरिएको उहाँले वताउनुभयो । हेटौंडाका सवै वडामा यसबाटनै उनीहरुको अवस्था पत्ता लगाउनका लागि काम सुरु गरिएको हो । कोरोना संक्रमित विरामी घरबाट बाहिर निस्कने जस्ता गुनासो आएकाले उनीहरुका लागि फोन टे«सिङको काम सुरु भएको डाक्टर श्रेष्ठले वताउनुभयो । यो काम हेटौंडा ४, १ र ६ मा सुरु भइसकेको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*