कोरोना रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाइ कारवाही गर्न निर्देशन
कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारहरुलाइ कसैले कुनै असहज परिस्थिती ल्याए कारवाही गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ । आज एक बिज्ञप्ति जारी गर्दै गृहमन्त्रालयले कोरोना भाइरस संक्रमण रोकथाममा खटिएका स्वास्थ्य कर्मीकर्मचारीलाई धम्की दिने, दुर्व्यवहार गर्ने तथा घर्डेरा जान अवरोध पुर्याए कारवाही हुने जनाएको छ ।
मुलुकका केहि ठाउँमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको भएको जानकारी गराउदै यस्ता कार्य गर्ने जो कोही कारवाहीको भागेदार बन्नुपर्ने जनाएको छ । बिज्ञप्तिमा कसैले त्यस्तो दुर्व्यवहार गरे ११४९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।






