मकवानपुरमा आज एकै दिन ६२ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा प्रयोगशालामा २७ जना, धुलीखेल प्रयोगशालामा ४ जना, टेकु लगायतका संघीय सरकारले सञ्चालन गरेका प्रयोगशालामा ३१ जनामा कोरोना संक्रमण भएको छ ।
जनपत्र
१२ भाद्र २०७७, शुक्रबार २०:३५

हेटौंडा । मकवानपुरमा आज एकै दिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संघीय सरकारले सञ्चालन गरेका प्रयोगशाला र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेका प्रयोगशालामा गरेर ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

मकवानपुर स्थायी घर भइ अन्य जिल्लामा कामको शिलशिलामा वसोवास गरेकाहरुको पनि यसै तथ्याङकमा समावेस गरिएको छ । मकवानपुर जिल्लाका संक्रमित हुनेहरुमा हेटौंडा प्रयोगशालामा २७ जना, धुलीखेल प्रयोगशालामा ४ जना, काठमाण्डौको टेकु लगायतका संघीय सरकारले सञ्चालन गरेका बिभीन्न प्रयोगशालामा गरी ३१ जनामा कोरोना संक्रमण भएको उहाँले जानकारी दिनुभयो । यस प्रदेशमा प्रदेश सरकार आफैले सञ्चालन गरेका प्रयोगशाला हेटौंडा र धुलीखेलमा मात्र हुन् ।

चितवन, काठमाण्डौ लगायतका जिल्लामा संघीय सरकारले सञ्चालन गरेका प्रयोगशालमा पनि मकवानपुर स्थायी घर भएका नयाँ संक्रमित थपीएको डाक्टर सेढाईले वताउनुभयो । मकवानपुर घर भएकाहरु प्नि उपचारको क्रममा अन्यत्र जिल्लाका अस्पतालमा जाने र स्वाब परिक्षणका लागि दिने र रिपोर्ट त्यही आएपछी संघीय सरकारको स्वास्थ्य मन्त्रालयमा जाने र बागमती प्रदेशका जिल्लाको रिपोर्ट भने प्रदेश सरकारलाई पनि प्राप्त हुने गरेको छ ।

दैनिक प्रतिवेदन भाद्र १२

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*