मकवानपुरमा आज थप २९ जनामा कोरोना संक्रमण पुष्टि, हेटौडाका मात्रै २४ जना
हेटौंडा । मकवानपुरमा आज थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा हेर्टौंडाका मात्रै २४ जनामा रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
आज भदौ ३ गतेको स्वाबको रिपोर्ट प्राप्त भएको हो । मनहरी गाउँपालिकाका १ जना रहेका छन् । हेटौंडामै बिभीन्न क्षेत्रमा कार्यरत तर स्थायी ठेगाना मकवानपुर बाहिरका ४ जना रहेका छन् । हेटौंडाको आइसोलेसनमा स्वाब दिएपछी बल्ल नौ दिनपछी कोरोना संक्रमितको रिपोर्ट प्राप्त भएको छ ।
धेरै दिनपछी कोरोनाको रिपोर्ट आउँदा संक्रमितले स्वाब दिएर घरमै तनाब बेहोर्नु परेको छ भने केही स्वाब दिएर पनि बाहिर हिडडुल गर्ने गरेका छन् । स्वाब दिएको नौ दिनपछी कोरोना जाँच गरेर आज रिपोर्ट प्राप्त हुनुले गर्दा हेटौंडामा समुदाय स्तरमा कोरोना फैलने डर झनै बढेर गएको छ ।
कोरोना संक्रमितको वडागत विवरण तल उल्लेख गरिएको छ ।







