हेटौंडामा रक्तदान, अभाव टार्न ६७ जनाले दिए रगत
हेटौंडा । मुस्लिम युवा समाज मकवानपुरको आयोजनामा आज हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरका कार्यालय सदस्य एकालाल श्रेष्ठको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा ६७ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा राष्ट्रिय युवा सङ्घ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई, नेपाल खेलकुद महासङ्घका अध्यक्ष धरम बहादुर लामा, हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, राष्ट्रिय निर्माण व्यावसायीसंघ मकवानपुरका संयोजक नरेन्द्र मण्डारी लगायतकाको आतिथ्यता रहेको थियो ।

कोरोनाको जोखिम बढ्दै गएपछि अहिले रगत संकलन हुन सकेको अवस्थामा मुस्लिम युवा समाजले रक्रसंचार केन्द्र हेटौंडामै सुरक्षा सतर्कताका साथ रक्तदान कार्यक्रम आयोजना गरेको हो । कोरोनाका कारण रगत संकलन हुन नसक्दा अहिले देशै भरी रगतको अभाव छ । मकवानपुरमा पनि रगतको अभाव नहोस् र रगत अभावकै कारण कसैको ज्यान नजाओस भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको मुस्लिम युवा समाजका अध्यक्ष मोहमद सफिक मियाले जानकारी दिनुभयो ।







