हेटौंडाका खाद्यान्न पसलमा उपभोक्ताको भिड, बिहान मात्रै पसल खोल्दा समस्या

जनपत्र
१२ भाद्र २०७७, शुक्रबार १०:३३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका खाद्यान्न पसलमा विहान धेरैनै भिड हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहान ५ बजे देखि ८ बजे सम्म मात्र हेटौंडाका खाद्यान्न पसल खोल्न दिएकाले सबै उपभोक्ताहरु विहान खाद्यान्न, तरकारी, फलफूल खरिद गर्नका लागि आउने भएकाले भिड बडेको हो ।

खाद्यान्न लगायतका सामान खरिद गर्दा दुरी कायम गरेर पालैपालो मात्र खरिद गर्नका लागि उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आग्रह गर्नु भएको छ । अहिले हेटौंडाका टोल टोलमा कोरोनाका संक्रमित देखिन थालेकाले कोरोनाबाट जोगिनका लागि स्वास्थ्य सामाग्रि प्रयोग गर्ने र सावधानी अपनाएर मात्र खाद्यान्न, तरकराी लगायतका सामान खरिद गर्न मेयर महतले सुझाब दिनुभयो । हेटौंडाका व्यावसाय सञ्चालकहरुले पनि भिड हुन नदिइकन दुरी कायम गरेर मात्र सामान बिक्री गर्ने वातावरण तयार गर्न आग्रह गर्नुभयो ।

यस्ता पसलमा भौतिक दूरी समेत कायम गरेको पाइँदैन । दिनभरि पसल बन्द हुने भएपछि बिहान तरकारी र खाद्यान्न पसलमा उपभोक्ताको भीड बढ्ने गरेको हो । सरकारले कोरोनाको जोखिम थप बढ्दै गएकाले कारोबार तथा व्यवसायिक स्थलका प्रवेश विन्दुमा नै ज्वरो नाप्ने थर्मल गनको प्रयोग गर्न र ज्वरो देखिएकालाई परीक्षणका लागि पठाउन भनिए पनि धेरै ठाउँमा यसको प्रयोग भएको पाइँदैन ।

यस्तै व्यवसाय गर्नेले पनि पन्जा, मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न भनिएको छ । त्यसैगरी व्यवसायिक स्थलका कर्मचारी वा कामदारले कुनै ठाउँमा यात्रा गरेको भए काम फर्किनु पूर्व आफ्नो यात्राको विवरण व्यवस्थापनलाई बुझाउनु पर्ने, सरसफाईमा ध्यान दिनु पर्ने र अनलाइन माग संकलन र होम डेलिभरीलाई प्राथमिकता दिँदै दूरी कायम गर्न भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*