रेड लेवल लिएर सशस्त्र प्रहरीले भारतीय नागरिक भित्रिन दिएको आरोप

जनपत्र
१२ भाद्र २०७७, शुक्रबार ०६:१२

गौरीफन्टा नाकाको सुरक्षा जिम्मेवारी लिएकोे २४ घण्टा नबित्दै कञ्चनपुरको सुरक्षा टोली बिबादमा मुछिएको छ। सशस्त्र प्रहरीले बिहीवार साँझ रेड लेवल ९मदिरा० लिएर दुई जनालाई भारतबाट धनगढी प्रवेश गर्न दिएको आरोप लागेको छ।

धनगढीमा शिवम हार्ड वेयर सञ्चालन गर्दै आएका शिवम गुप्ताले आफ्नी आमा र छोरीलाई बिहीवार साँझ गौरीफन्टाबाट धनगढी भित्र्याएका थिए। बरेलीस्थित घरबाट आएका उनीहरु दिनभरी गौरीफन्टामा बसेका थिए। सशस्त्र प्रहरीले उनीहरुलाई साँझ ५ बजेपछि धनगढी भित्रिन दिएको थियो।

गौरीफन्टामा रहेकी आमा र छोरीलाई लिन गुप्ता धनगढी भन्सारस्थित एक मदिरा पसलबाट रेड लेवल खरीद गरेर गएको बुझिएको छ। गुप्ताले रेड लेवल सशस्त्र प्रहरीलाई दिन भनेर लगेको बताइएको छ। यद्दपि गुप्ताले रेड लेवल सशस्त्र प्रहरीलाई दिए नदिएको भने खुलेको छैन। धनगढी चौराहामा बस्दै आएका गुप्ता आमा छोरीलाई लिन सीमामै हाईलेक्स गाडी लिएर गएका थिए। त्यही गाडीमा आमा र छोरीलाई लिएर उनी साँझ घर पुगेका थिए। भारतबाट भित्रिने हरेक व्यक्तिलाई क्वारेन्टाईनमा राख्ने भनिए पनि उनीहरु भने सोझै घर गएका थिए। यस विषयमा जानकारी लिन सीमामा तैनाथ सशस्त्र प्रहरीका निरीक्षक शैलेन्द्र चैसिरलाई मोवाईलमा सम्पर्क गर्न कोसिस गर्दा सम्पर्क हुन सकेन। उनले मोवाईल कल रिसिभ गरेनन्।

सशस्त्र प्रहरी ३५ नम्बर गण झलारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र ऐरले भारतीय नागरिकलाई छोडेको कुरा आफूले सुने पनि त्यसको पुष्टि हुन नसकेको बताए। ‘‘म पनि सत्यतथ्य बुझ्दैछु। आमाको नागरिकता नभएको र छोरीको नेपाली नागरिकता भएको सुनेको छु’’, एसपी ऐरले भने, ‘‘भारतीय नागरिकलाई यसरी प्रवेश गराएको पुष्टि भए त्यहाँ खटिएका ईञ्चार्ज र भित्रिन दिने माथि अवश्य कारबाही हुन्छ।’’ देखापढीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*