मकवानपुरका ६१ जनाले एकै दिन कोरोनालाई जिते
हेटौंडा । मकवानपुरमा आज एकै दिनमा ६१ जनाले कोरोना भाइरस जितेका छन् । हेटौंडाको गौरीटारमा रहेको आइसोलेसन र होम आइसोलेसनमा रहेका ६१ जनाले कोरोना जितेका हुन् । हेटौडाबाट जाँच गरेको ४९ तथा धुलिखेलबाट १२ जना गरि . ६१ जना (कोभिड १९)संक्रमणबाट मुक्त भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
यति धेरै संख्यामा निको भएको यो पहिलो पटक हो । एक हप्ता यता कोरोना संक्रमित बढ्दै गएपनि कोरोना जित्ने नागरिक अत्यन्त कमै मात्रामा थिए । तर, आज एकै दिन पाँच दर्जनले कोरोनालाई जितेको उहाँले वताउनुभयो ।
गौरीटार आइसोलेसनमा आज एकै दिन धेरै जनाले कोरोना जितेर निस्कीएको उहाँले वताउनुभयो । यो संगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ सय ५६ पुगेको छ ।






