एकैदिन १ हजार १११ जनामा काेराेना सङ्क्रमण

जनपत्र
११ भाद्र २०७७, बिहीबार १७:१०

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ हजार पाँच सय २९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार एक सय ११ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १२ हजार ६ सय २९ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा एक हजार एक सय ११ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा पाँच सय ६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २० हजार ७३ पुगेको छ ।

अब नेपालमा १५ हजार दुई सय ७३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै नाै हजार चार सय ८८ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ८३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*