हेटौंडामा औषधी व्यावसायमा कठिनाई

जनपत्र
११ भाद्र २०७७, बिहीबार १५:११

हेटौंडा । नेपाल औषधी व्यावसायी संघ मकवानपुरले आफ्ना व्यावसायहरु सञ्चालन गर्नका लागि कठिनाई भइरहेको वताएका छन् । आज संघका अध्यक्ष सुधिर दाहालले विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको संक्रमणका कारण हेटौंडाका औषधि पसलहरु निर्बाद रुपमा सञ्चालन गर्नका लागि समस्या भइरहेको वताउनुभयो ।

कोही औषधी ब्यवसायीहरु कोरोना संक्रमणका कारण आइसोलेसनमा वस्नु परेको र कोही क्वारेन्टीनमा वस्नुपर्ने बाध्यता भएको संघका उपाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । औषधि व्यावसायीको स्वाब लिएर एक हप्ता सम्म पनि रिपोर्ट समेत नआउँदा पसल खोल्नका लागि थप समस्या भएको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*