मकवानपुरमा कोरोना संक्रमितको संख्या ४ सय नाघ्यो, हेटौंडामा निषेधाज्ञाले संक्रमित घटेनन्

जनपत्र
११ भाद्र २०७७, बिहीबार ०६:४९

हेटौंडा । मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या ४ सय ४ जना पुगेको छ । साउन २६ गते देखिनै मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्र र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरिएपनि कोरोना संक्रमित घट्नुको सट्टामा बढ्दै गएका छन् ।

दुईसाता अघि देखि हेटौंडामा निषेधाज्ञा कायमनै छ । तर, कोरोना भाइरसका संक्रमित घट्ने खासै लक्षण देखिएको छैन । हेटौंडाको समुदाय स्तरमानै कोरोना संक्रमित देखिएका छन् । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईका अनुसार मकवानपुर जिल्लामा कोरोना संक्रमितको सख्या ४ सय ४ जना पुगेको हो ।

यो तथ्याङक मकवानपुरमा सुरुवात देखि हाल सम्मको हो । हिजो एकै दिन हेटौंडा र धुलीखेलमा गरिएको परिक्षणका क्रममा हिजो मात्र झण्डै पाँच दर्जन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दोश्रो चरणमा देखा परेका कोरोना संक्रमित अधिकांश स्थानीय क्षेत्रमानै रहेकाहरु छन् । यस भन्दा पहिले सवैजसो कोरोना संक्रमित बिदेशबाट घर फर्किएकाहरु रहेका थिए। तर, अहिले भने स्थानीय नागरिकमानै कोरोना संक्रमण देखा परेको छ ।

मकवानपुर जिल्लामा स्थायी घर भएकाहरु मात्र परिक्षणको क्रममा ४ सय ४ जना पुगेका हुन् । यो तथ्याङ्कमा मकवानपुरमा अस्थायी वसोवास गर्ने र कामको शिलशिलामा मकवानपुर रहेकाहरुको तथ्याङक समावेस गरिएको छैन । मकवानपुर स्थायी घर भएका तर, काठमाण्डौ लगायतका जिल्लामा परिक्षण गरेर पोजेटिभ देखिएकाहरुको रिपोर्ट भने समावेस गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिले हेटौंडा उपमहानगरपालिका र स्थानीय गाउँपालिकामा कोरोना संक्रमि धेरै वढेका छन् । यसअघि भने भारत लगायतका बिभीन्न देशबाट नेपाल फर्किएकाहरुमा कोरोना पुष्टि भएको थियो। मकवानपुरका दश वटा स्थानीय तह मध्यमा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमित देखापरेका छन् । मनहरी गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुर गढी गाउँपालिकामा कोरोना संक्रमित धेरै देखापर्न थालेका हुन् ।

पछील्लो समय समुदायमा देखिएको कोरोना संक्रमण कहाँबाट कसले सारेको हुनसक्ने भन्नेमा स्वास्थ्यकर्मी पनि अनविज्ञ रहेका छन् । पछील्लो एक सातामा मकवानपुर जिल्लामा संक्रमित धेरै देखिन थालेका हुन् । तर, यसमा सावधानी भने नागरिकले त्यती अपनाएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*