बागमती प्रदेशका ३ जना सचीवको सरुवा
हेटौंडा । बागमती प्रदेशका ३ जना सचीवको सरुवा भएको छ । सङ्घीय मामिका तथा सामन्य प्रशासन मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्री परीषदको कार्यालय बागमती प्रदेशका सचिब भगिरथ पाण्डे, भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचीब तेजराज भट्ट, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिब शिव वाग्लेको सरुवा गरेको हो ।
उहाँहरुको स्थानमा क्रमशः संचार तथा प्रविधी मन्त्रालयका सहसचिव राधिका अर्याल, बन तथा वातावरण मन्त्रालयका सहसचिव सिन्धुप्रसाद ढुंगाना र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्जिब बराल आउनुहुने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वन तथा वाताववरण मन्त्रालयका १२ जना उच्च पदस्थ कर्मचारी सहसचिव वा सो सरहकाको सरुवा गरेको छ । को सरुवा गरेको छ । छ जना सहसचिव प्रदेश सचिवका रुपमा खटाइएको छ भने प्रदेशमा कार्यरत सचिवहरुलाई काठमाडौं ल्याइएको छ ।
भगिरथ पान्डे, अर्थ मन्त्रालय तेजराज भट्ट खानेपानी मन्त्रालय शिबकुमार वाग्ले को, बन तथा बाताबरण मन्त्रालयमा सरुवा भएको छ ।






