हेटौंडामा संकलन गरेका १६६ जना मध्यमा ४५ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडामा संकलनगरी धुलीखेल पठाइएका मध्यमा ४५ जनामा कोरोना पुष्टि भएपनि भीमफेदीमा संकलन गरिएको स्वाबमा भने सबैको नतिजा नेगेटिभ आएको छ ।
जनपत्र
१० भाद्र २०७७, बुधबार १४:५५

हेटौंडा । हेटौंडाको कर्रामा रहेको श्रमिक माध्यमिक विद्यालयमा एक सय ६६ जनाको स्वाब संकलन गरिएको ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मकवानपुर र आसपासका जिल्लाबाट संकलन गरिएको पाँच सय स्वाब मध्यमा एक सय ४३ जनाको स्वाब हेटौंडाबाट संकलन गरिएको थियो । त्यस मध्यमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संकलन गरेका १ सय ६६ जना मध्यमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेसीक जनस्वास्थ्य प्रयोगशाला धुलीखेलका प्राविधिकले वताएका छन् । मकवानपुरको भीमफेदीमा संकलन गरिएको स्वाबमा भने सबैको नतिजा नेगेटिभ आएको छ । १७ जना मकवानपुरको भीमफेदीबाट संकलनगरिएको स्वाबमा सवैको रिपोर्ट नेगेटिभ आएको हो ।

हेटौंडाको प्रयोगशालामा जम्म गरिएका स्वाब मध्यमा पाँच सय जनाको स्वाब परिक्षणका लागि धुलीखेल प्रयोगशालामा पठाइएको थियो । यसैगरी हेटौंडाको प्रादेसीक कोरोना परिक्षण प्रयोगशालामा नभ्याएर काभ्रेको धुलीखेल प्रयोगशालामा गरिएको परिक्षमा मकवानपुर र आसपासका जिल्लामा समेत गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडामा संकलन गरिएकामा ४५ जना र १२ जना पुष्टि भएका भने मकवानपुर र आसपासका जिल्लाबाट संकलन गरिएको स्वाब धुलीखेल पठाइएको थियो । कोरोना संक्रमित रहेका ९० जनाको परिक्षणमा भने ८ जनाको दोस्रो रिपोर्ट भने फेरी पोजेटिभ आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*