कोरोना परिक्षणको रिपोर्ट ढिलो प्राप्त हुँदा औषधी व्यावसायी मारमा

जनपत्र
१० भाद्र २०७७, बुधबार १४:०४

हेटौंडा । हेटौंडाको किटजन्य रोग अनुसंधान तथा तालिम केन्द्रको पव्रयोगशालामा पीसीआर परिक्षणका लागि दिएको रिपोर्ट नौ दिन सम्म लगाएर आएपछी हेटौंडाका औषधी व्यावसायीहरु समेत मारमा परेका छन् । सबै भन्दा जोखिममा रहेर काम गर्नुपर्ने बाध्यता भोग्दे आएका औषधि व्यावसायीहरुको रिपोर्ट ढिलो आएकाले सिमीत जनसक्तिबाट औषधी पसल खोल्नका लागि समेत समस्या भएको औषधी व्यावसायी संघ मकवानपुरका उपाध्यक्ष नारायण श्रेष्ठले वताउनुभयो ।

पीसीआर परिक्षणका लागि दिएको रिपोर्ट प्राप्त हुन ढिलाइले गर्दा संक्रमणको जोखीम समेत हुने भएकाले औषधि बिक्री गर्नका लागि समस्या भएको उहाँले वताउनुभयो ।

औषधी ब्यबसायिलाई कोभिड संक्रमण देखिएको र कोई ब्यबसायिले पि सि आर चेक गरेकाले घरमै बसेको र संक्रमण आफूबाट अरुमा सर्न सक्ने हुनाले पनि यो समस्या देखिएको उहाँले बताउनु भएको छ । साथै संकटको यो घडिमा औषधि पसल बन्द गर्न नहूने जानकारि गराउदै पि सि आर को रिपोर्ट स्वास्थ्यकर्मिको अलि छिटो गर्दिए घरमै होम क्वारेन्टिमा लामो समय बस्न नपरि मानब स्वास्थमा प्रत्यक्ष प्रभाब पर्ने औषधि बेचबिखन गर्न सजिलो हुने कुरा जानकारि गराएका छन ।

जे होस विश्व ब्यापी रुपमा कोरोना भाईरसको महामारी फैलीरहेको समयमा मानव स्वास्थ संङ्ग प्रत्यक्ष प्रभाब पर्ने हेटौंडाका अधिकांश निजी औषधि पसलहरु बन्द हुँदा प्रशासन भने मौन देखिन्छ। औषधि लिन हेटौंडा बजार भन्दा बाहिरि ठाउँबाट आउदा आफुले खोजेको औषधि नपाउने र अधिकांश मेडिकलहरु बन्द हुँदा सेवाग्राहीहरु मारमा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*