हेटौंडाका दमकल चालक र आगो निभाउने कर्मचारीलाई कोरोना संक्रमण, सेवामै अवरोध

जनपत्र
१० भाद्र २०७७, बुधबार ०७:३०

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा कार्यरत १८ जना कर्मचारी मध्यमा १० जना दमकलका चालक र यसमा सहयोगी कर्मचारी परेका छन् । दमकल सञ्चालन गर्ने सबै कर्मचारीमा कोरोना संक्रमण भएपछी अत्यावस्यक सेवा अन्तरगतको दमकल सञ्चालन गर्नका लागि नै समस्या सृजना भएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

दुईवटा दमकलका चालक चार जना र अरु ६ जना आगो निभाउने काममा खटिने कर्मचारी (फायर मेन) लाई हिजो कोरोना संक्रमण भएपछी दमकलको सेवा दिन समस्या भएको मेयर महतले वताउनुभयो । दमकलका चालक र आगो निभाउने कर्मचारी तालिम प्राप्त दक्ष व्यक्ति हुन् । तत्काल आगो लागिहालेमा घटना स्थलमा पुगिहाल्ने र आगो निभाउने काममा उनीहरु बषौदेखि खट्दै आएका छन् । उपमहानगरपालिकामा र आसपासका जिल्ला समेतमा २४ सै घण्टा सेवा दिइरहने कर्मचारी कार्यालयको आवास गृहमा वस्दै आएका थिए ।

उपमहानगरपालिकाको दुईवटा भवन मध्यमा दमकल साखाका सवैजसो कर्मचारीमा कोरोना संक्रमण भएको हो । कतै आगलागी भइहालेमा दमकलको सेवा दिनका लागि थप समस्या भएको छ । उपमहानगरपालिकाको दुइवटा दमकल सञ्चालनमा छन् । दुइवटै दमकलका चालक र अरु कर्मचारीलाई कोरोना संक्रमणमा भएपछी समस्या भएको मेयर महतको भनाई छ । उपमहानगरपालिकाका संक्रमित कर्मचारी मध्यमा अधिकांश सवारी चालक र कार्यालय सहयोगी रहेका छन् । अरु स्टोर साखा, योजना साखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*