कुलमानको कार्यकाल थप्ने कुनै प्रस्ताव मन्त्रिपरिषद्मा गएको छैनः ऊर्जा मन्त्रालय

जनपत्र
१० भाद्र २०७७, बुधबार ०६:२६

सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई चार वर्षका लागि थप गर्ने बारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट कुनै प्रस्ताव नगएको मन्त्रालयको उच्च स्रोतले बताएको छ ।

मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको भन्ने समाचारहरू सामाजिक सञ्जालमा आएपछि गोरखापत्र अनलाइनका तर्फबाट राखिएको जिज्ञासामा मन्त्रालयका उच्च अधिकारीले सो कुरा बताएका हुन् । प्रस्ताव नगएको अवस्थामा प्रधानमन्त्रीले सीधै प्रस्ताव ल्याएर निर्णय हुनसक्छ तर त्यस्तो सम्भावना देखिँदैनु ती अधिकारीले भने । त्यस्तै बालुवाटार स्रोतले पनि आजको क्याबिनेटमा सो एजेण्डा नभएको बताएका खबर आजको गोरखापत्रले छापेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*