मकवानपुरमा कोरोना संक्रमितको संख्या ३३० जना पुग्यो, सचेत रहन स्थानीय सरकारको आग्रह
हेटौंडा । मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या ३ सय ३० जना पुगेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईका अनुसार मकवानपुर जिल्लामा कोरोना संक्रमितको सख्या ३ सय ३० जना पुगेको हो ।
मकवानपुर प्रशासनले निषेधाज्ञा जारी गरेपनि कोरोना संक्रमित वढी रहेकाले सचेत रहनका लागि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आग्रह गर्नुभएको छ । अहिले देखिएका संक्रमित पनि अधिकांश हेटौंडाकै रहेकाले कोरोनाबाट बच्नका लागि घरमै बस्नका लागि उहाँले आग्रह गर्नुभयो । बिहान खाद्यान्न पसलमा जाँदा पनि सामाजिक दुरीलाई कायम राख्नका लागि मेयर महतले आग्रह गर्नुभयो ।
यो तथ्याङक मकवानपुरमा सुरुवात देखि हाल सम्मको हो । हिजो एकै दिन मकवानपुर र चितवन जिल्लामा गरिएको परिक्षणका क्रममा हिजो मात्र ३४ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको सख्या ३ सय ३० पुगेको हो ।
पहिलेको साविकका ११ वटा वडामा धेरै कोरोना संक्रमितहरु देखा परेको र १९ वटा वडा मध्यमा सबै भन्दा धेरै हेटौंडा ४ मा कोरोना संक्रमित देखा परेकाले यसक्षेत्रका नागरिक अत्यावस्यक काम बाहेक घरबाहिर पनि मेयर महतले आग्रह गर्नुभएको छ ।
दोश्रो चरणमा देखा परेका कोरोना संक्रमित अधिकांश स्थानीय क्षेत्रमानै रहेकाहरु छन् । यस भन्दा पहिले सवैजसो कोरोना संक्रमित बिदेशबाट घर फर्किएकाहरु रहेका थिए। तर, अहिले भने स्थानीय नागरिकमानै कोरोना संक्रमण देखा परेको छ ।
मकवानपुर जिल्लामा स्थायी घर भएकाहरु मात्र परिक्षणको क्रममा ३ सय ३० जना पुगेका हुन् । यो तथ्याङ्कमा मकवानपुरमा अस्थायी वसोवास गर्ने र कामको शिलशिलामा मकवानपुर रहेकाहरुको तथ्याङक समावेस गरिएको छैन । मकवानपुर स्थायी घर भएका तर, काठमाण्डौ लगायतका जिल्लामा परिक्षण गरेर पोजेटिभ देखिएकाहरुको रिपोर्ट भने समावेस गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अहिले हेटौंडा उपमहानगरपालिका र स्थानीय गाउँपालिकामा कोरोना संक्रमि धेरै वढेका छन् । यसअघि भने भारत लगायतका बिभीन्न देशबाट नेपाल फर्किएकाहरुमा कोरोना पुष्टि भएको थियो। मकवानपुरका दश वटा स्थानीय तह मध्यमा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमित देखापरेका छन् । मनहरी गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुर गढी गाउँपालिकामा कोरोना संक्रमित धेरै देखापर्न थालेका हुन् ।
पछील्लो समय समुदायमा देखिएको कोरोना संक्रमण कहाँबाट कसले सारेको हुनसक्ने भन्नेमा स्वास्थ्यकर्मी पनि अनविज्ञ रहेका छन् । पछील्लो एक सातामा मकवानपुर जिल्लामा संक्रमित धेरै देखिन थालेका हुन् । तर, यसमा सावधानी भने नागरिकले त्यती अपनाएका छैनन् ।






