मकवानपुरका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि, हेटौंडा उपमहानगरपालिकाका १६ जना कर्मचारीलाई कोरोना संक्रमण

जनपत्र
९ भाद्र २०७७, मंगलवार १९:४२

हेटौंडा । मकवानपुरमा आज तथ ३४ जनामा कोरोना भाइरसंक्रमण पुष्टि भएको छ । ३४ जना मध्यमा २ जना नेपाल प्रहरीका हेटौंडामा कार्यरत रहेका छन् । अरु १६ जना हेटौंडा उपमहनागरपालिका कार्यलयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्ट भएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

यसअघि मेयर हरिबहादुर महतका चालक र एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । तर आज थप १६ जना कर्मचारीमा कोरोना संक्रमण भएको हो । दुइजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछी केही कर्मचारीले मात्र कार्यालय सञ्चालन गर्दै आएका थिए ।

मेयर महतका चालकलाई कोरोना संक्रमण भएपछी उपमहानगरपालिकामा कार्यरत ४८ जना कर्मचारीको स्वाब परिक्षण गरिएको थियो । त्यही कोरोना जाँचका क्रममा १६ जना कर्मचारीमा कोरोना संक्रमण भएको हो । उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण हुनेको सख्या १८ जना पुगेको छ ।

कोरोना संक्रमित हुनेहरुमा २७ जना पुरुष र ७ जना महिला रहेका छन् । हेटौडा–१ मा ५ जना, हेटौंडा–२ मा ६ जना, हेटौंडा–९ मा ३ जना, हेटौंडा–४ मा ६ जना, हेटौंडा–५ मा ५ जना, हेटौंडा–६ मा १ जना, हेटौंडा–१५ मा १ जना, हेटौंडा–१६ मा १ जना, हेटौंडा–१० मा १ जना, हेटौंडा–११ मा १ जना र अरु २ जना प्रहरी कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरिक्षक चौलागाईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*