स्याङ्जामा एक वर्षमै नौवटा पक्की पुल निर्माण

जनपत्र
९ भाद्र २०७७, मंगलवार ०६:२९

स्याङ्जामा एक वर्षमा नौवटा मोटर गुड्ने पक्की पुल निर्माण भएका छन् । पूर्वाधार विकास कार्यालयले निर्माण थालेका नौवटा पुलमध्ये छवटा र सडक डिभिजन कार्यालयले निर्माण थालेका १० वटामध्ये तीनवटा पुल निर्माण सम्पन्न भएका हुन् ।

कोरोना भाइरसका कारण देशभर सरकारले चैत ११ गतेबाट बन्दाबन्दी गरे पनि स्याङ्जामा उक्त अवधिमा विकास निर्माणका कामले निरन्तरता पाएका थिए । स्याङ्जाको भीरकोट नगरपालिकाको लुब्दी खोलामा निर्माण सुरु गरिएको पक्की पुल सबैभन्दा छिटो छ महिनामै बनेको छ । २०७६ असोजमा सम्झौता भई मङ्सिरबाट निर्माण कार्य सुरु गरिएको उक्त पुल वैशाखमा सम्पन्न भएको पूर्वाधार कार्यालयका प्रमुख सोभियत खड्काले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा अर्जुन काफ्लेले लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*