निषेधाज्ञामा पनि बैंक तथा वित्तीय संस्था खुल्ने

जनपत्र
९ भाद्र २०७७, मंगलवार ०६:१३

रौतहट प्रशासनले निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्था खोल्न दिने भएको छ । समुदायमा संक्रमण देखिएको भन्दै स्थानीय प्रशासनले भदौ १४ गते रातीसम्म निषेधाज्ञा थप गरेको छ ।

निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्था, खाद्यान्न तथा निर्माण सामग्रीका पसल खोल्न दिने र उपभोग्य खाद्यान्न सामग्रीको आपूर्तिलाई सहज गरिने निर्णय जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गर्दै प्रत्येक दिन बिहान ७ बजेदेखि बिहान ११ बजेसम्म स्वास्थ्य सुरक्षा अपनाएर खोल्न दिइने बताएको छ ।

स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको उल्लंघन गर्ने÷गराउने वा कार्यान्वयनमा अवरोध गर्नेरगराउने उपर संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ । समुदायमा संक्रमण देखिएको भन्दै स्थानीय प्रशासनले भदौ ७ गतेसम्म गरेको निषेधाज्ञालाई भदौ १४ गतेसम्म थप गरेको हो ।

जिल्लामा अझै पनि कोरोना भाइरस संक्रमितहरूको संख्या बढ्दै गइरहेको र संक्रमणको जोखिमको सम्भावना उच्च रहेकाले थप एक हप्ताका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । बैंक तथा वित्तीय संस्थाहरूको सेवा लिन तथा खाद्यान्न सामग्रीहरू खरीद गर्न जाँदा आउँदा उपभोक्ताले सवारीसाधनको प्रयोग गर्न नपाइने उनले जानकारी दिए । अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*