ढुक्क हुनुहाेस्, मापदण्ड विपरीत खोप परीक्षण हुँदैन : स्वास्थ्य मन्त्रालय
काठमाण्डाै – नेपालमा हुन लागेको कोरोना भाइरसविरुद्धको खोप परीक्षणको विरोध नगर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
नेपाल अनुसन्धान परिषद् र विश्वव्यापी मान्यताको आधारमा स्वतःस्फूर्त रुपमा खोपको अध्ययन र परीक्षणमा सामेल हुन चाहनेलाई मात्रै सहभागी गराइने हुँदा यसमा भ्रम नराख्न मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको सुझाव छ ।
तेस्रो चरणमा पुगेका खोपको परीक्षण गर्न चीन, रुस र बेलायतका कम्पनी इच्छुक भएसँगै नेपालमा परीक्षणको प्रक्रिया अगाडि बढेको छ ।






