२४ घण्टामा ७४३ जनामा काेराेना सङ्क्रमण, ८ जनाकाे ज्यान गएकाे पुष्टि

जनपत्र
८ भाद्र २०७७, सोमबार १६:२७

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ हजार ६ सय ७८ पुगेकाे छ । गएको २४ घण्टामा सात सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १० हजार २५ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा सात सय ४३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा एक सय ६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या १८ हजार आठ सय ६ पुगेको छ ।

अब नेपालमा १३ हजार सात सय १५ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै ११ हजार दुई सय ७५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*