हेटौँडामा निषेधज्ञा भदौ १५ गतेसम्म थपियो

बैंक तथा वित्तिय सस्था पनि नखुल्ने
जनपत्र
८ भाद्र २०७७, सोमबार १३:१९

हेटौँडा/मकवानपुरको हेटौँडामा जारी निषेधाज्ञा आगामी भदौ १५ गतेसम्मको लागि थप गरिएको छ । आज हेटौँडामा भएको कमाण्ड पोष्टको बैठकले निषेधज्ञा भदौ १५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । साउन २६ गतेदेखि लगाइएको आएको निषेधाज्ञा दोस्रो पटक थप गरेर भदौ १५ गते सम्म कायम गरिएको छ।

जिल्ला सुरक्षा समितिको वैठकले हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका अन्तर्गत राजमार्ग आसपासका क्षेत्रमा साउन २६ गतेदेखि लगाएको निषेधाज्ञा दोस्रो पटक थप गर्दै भदौ १५ गते पुर्याएको हो।

मकवानपुरको हेटौँडामा भदौ १५ गतेसम्म निषेधज्ञा थप भएसँगै बैंक तथा वित्तिय सस्था पनि बन्द हुने भएका छन् ।जिल्ला प्रशासन कार्यलय मकवानपुरले निषेधज्ञा लगाएपनि बैंक तथा वित्तिय सस्थालाई भने केहि समय खोल्ने तयारी गरेको थियो । तर छिामेकि जिल्ला बारा तथा पर्सामा पनि बैंक तथा वित्तिय सस्था बन्द रहेको र यहामात्र खोल्दा त्यहाबाट बैंक तथा वित्तिय सस्थामा कारोबारको लागि आउनेहरुको चाप बढनसक्ने भन्दै हेटौँडामा पनि बैंक तथा वित्तिय सस्थालाई बन्द गरिएको कमाण्डापोष्टका उकजना सदस्यले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*