मकवानपुरमा कोरोना संक्रमितको संख्या ३०९ जना पुग्यो, स्वाब दिएको रिपोर्ट पाउनै ढिलाइ

जनपत्र
८ भाद्र २०७७, सोमबार ०९:४९

हेटौंडा । मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या ३ सय ९ जना पुगेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईका अनुसार मकवानपुर जिल्लामा कोरोना संक्रमितको सख्या ३ सय ९ जना पुगेको हो । यो तथ्याङक मकवानपुरमा सुरुवात देखि हाल सम्मको हो ।

अहिले पनि मकवानपुरमा दिनहुँ एक सय जना भन्दा धेरेको स्वाब संकलन भएपनि प्रयोगशालामा ढिलाइले गर्दा रिपोर्ट प्राप्त ढिलाइ भएको छ । स्वाब संकलन गरेको ८ दिन सम्म कुर्नुपर्ने अवस्थामा यहाँका नागरिकहरु रहेका छन् । हेटौंडाको प्रयोगशालामा धेरै दिन सम्म स्वाब रहेकाले काठमाण्डौ समेत पठाइएको छ । १ हजार ३ सय ७४ जनाको स्वाब परिक्षण्को क्रममा रहेका छन् । ती मध्यमा पाँच सय जनाको सवाब परिक्षणका लागि काठमाण्डौ पठाइएको छ ।

हिजो एकै दिन मकवानपुर र चितवन जिल्लामा गरिएको परिक्षणका क्रममा १७ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको सख्या ३ सय ९ पुगेको हो । दोश्रो चरणमा देखा परेका कोरोना संक्रमित अधिकांश स्थानीय क्षेत्रमानै रहेकाहरु छन् । यस भन्दा पहिले सवैजसो कोरोना संक्रमित बिदेशबाट घर फर्किएकाहरु रहेका थिए। तर, अहिले भने स्थानीय नागरिकमानै कोरोना संक्रमण देखा परेको छ ।

मकवानपुर जिल्लामा स्थायी घर भएकाहरु मात्र परिक्षणको क्रममा ३ सय ९ जना पुगेका हुन् । यो तथ्याङ्कमा मकवानपुरमा अस्थायी वसोवास गर्ने र कामको शिलशिलामा मकवानपुर रहेकाहरुको तथ्याङक समावेस गरिएको छैन । मकवानपुर स्थायी घर भएका तर, काठमाण्डौ लगायतका जिल्लामा परिक्षण गरेर पोजेटिभ देखिएकाहरुको रिपोर्ट भने समावेस गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिले हेटौंडा उपमहानगरपालिका र स्थानीय गाउँपालिकामा कोरोना संक्रमि धेरै वढेका छन् । यसअघि भने भारत लगायतका बिभीन्न देशबाट नेपाल फर्किएकाहरुमा कोरोना पुष्टि भएको थियो। मकवानपुरका दश वटा स्थानीय तह मध्यमा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमित देखापरेका छन् । मनहरी गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुर गढी गाउँपालिकामा कोरोना संक्रमित धेरै देखापर्न थालेका हुन् ।

पछील्लो समय समुदायमा देखिएको कोरोना संक्रमण कहाँबाट कसले सारेको हुनसक्ने भन्नेमा स्वास्थ्यकर्मी पनि अनविज्ञ रहेका छन् । पछील्लो एक सातामा मकवानपुर जिल्लामा संक्रमित धेरै देखिन थालेका हुन् । तर, यसमा सावधानी भने नागरिकले त्यती अपनाएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*