हेटौंडामा कन्ट्रयाक ट्रेसिङको कामलाई तिब्रता दिन विज्ञको सुझाब

जनपत्र
८ भाद्र २०७७, सोमबार ०९:२४

हेटौडा । हेटौंडा क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएपछी संक्रमितको नजिक रहेकाहरुको कन्ट्रयाक टे«सिङको कामलाई तिव्र रुपमा अगाडी वढाउनका लागि स्वास्थ्य क्षेत्रका विज्ञहरुले सुझाब दिएका छन् ।

हेटौंडा उपमहानगरपालिकामा भएको अन्तरक्रियामा बागमती प्रदेशको सामाजिक मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाई, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश प्रसाद अधिकारी, हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठ लगायतकाले कोरोना संक्रमितको नजिक सम्पर्कमा रहेको व्यक्तिलाई सात दिनमा मात्र पीसीआर जाँच गराएमा स्पष्ट रुपमा पोजेटिभ होकी नेगेटिभ हो भन्ने कुरा देखिने वताएका छन् ।

साथै कन्ट्रयाक टे«सिङको कामलाई तिव्र रुपमा अगाडी बढाउन सुझाव दिएका हुन् । संक्रमित थपीएसंगै होम आइसोलेसन र गौरीटारको आइसोलसनमा रहेका विरामीको उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले नियमित रुपमा उनीहरुको अवस्थाका बारेमा बुझ्दै आएका छन् ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको नेतृत्वमा भएको अन्तरक्रियामा सहभागि प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका प्रतिनिधिले यस्तो सुझाब दिएका हुन् । हेटौंडामा संक्रमण वढ्दै गएपछी यसको नियन्त्रणका लागि स्थानीय सरकार लागिपरेको मेयर महतले वताउनुभयो । कोरोना जाँच संगै संक्रमितका लागि आइसोलेसन, क्वारेन्टाइन, प्रयोगशालामा प्रदेश सरकार संगको सहकार्यमा काम गरिएको मेयर महतले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*