हेटौंडामा कोरोना संक्रमण देखिएका टोल टोलमा डिसइन्फेक्सन
हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको बेला यसको संक्रमण बढ्न नदिनका लागि स्थानीय सरकारले प्रयास थालेको छ । उपमहानगरपालिकाले हेटौंडाका बिभिन्न स्थानमा निःसंक्रमण (डिसइन्फेक्सन) छर्कने काम जारी राखेको मेयर हरिबहादुर महतले वताउनुभयो ।
हेटौंडाका साविकका वडा र पछी पथीएका वडामा समेत कोरोना संक्रमित वढ्न थालेकाले डिसइन्फेक्सन छर्कने काम जारी राखिएको उहाँले वताउनुभयो । हेटौंडाको १, २, ४, ५, ६, ९ नम्बर वडाका टोलटोलमा दिनहुँजसो डिसइन्फेक्सन छर्कने गरिएको छ । कोरोना संक्रमण भएका घरवरपर र वजार क्षेत्रमा बिशेष गरेर उपमहानगरपालिकाको ट्याङकरले छर्कने गरेको मेयर महतको भनाई छ ।
हेटौंडाका सडक, घर लगायतका क्षेत्रमा बिहानै पनि ट्यांकरबाट औषधि छर्किएर निःसंक्रमण गरिएको छ । सडक, सडक किनारका संरचना र बोटबिरुवाहरुमा समेत औषधि छर्किइएको छ उहाँले वताउनुभयो । जहाँ कोरोना संक्रमित देखिन्छन् र नगरवासीको माग आउँछ त्यस स्थानमा डिसइन्फेक्सन लिएर ट्याङकर पठाइने गरेको मेयर महतले वताउनुभयो ।






