हेटौंडाको गौरीटार आईसोलेसन सक्रमितमैत्री वन्दै
हेटौंडा । खेलकुदका खेलाडीहरुलाई आवासीय प्रशिक्ष्ँण दिनका लागि निर्माण गरिएको हेटौंडा उपमहानगरपालिका ६ स्थित गौरिटार रंगशालास्थित भवनलाई हतार÷हतारमा आइसोलेन वार्ड वनाईयो । मकवानपुरमा कोरोना सक्रमित वढदै गएपछि सक्रमितहरुलाई उपचारका निम्ति उक्त आईसोलेसन वार्ड वनाईएको थियो । हेटौडा उपमहानगरपालिका—४ मा रहेको आईसोलेसन वार्ड सक्रमितहरुले भरिभराउ भएका कारणले हतार/हतारमा रंगशालाको भवनलाई आईसोलेसन वार्ड वनाईएको थियो । उक्त भवन अस्पतालमैत्री हुने कुरै भएन ।
हतार÷हतारमा आईसोलेसन वार्डमा वनाउदा सुरु सुरुमा केही अपुग पनि थिए । तर ती अहिले सवै पुरा भइसकेका छन । उक्त भवनलाई आईसोलेसनमैत्री वनाईएको छ । आइसोलेसनमा सुरुका दिनमा केही कमी कमजोरी भए पनि हाल त्यस्तो केहि समस्या देखिएको छैन । अहिले निकै सुधार भैसकेको छ । त्यस्मा डाक्टर सागर काफलेको मुख्य भुमिका रहेको कोरोना सक्रमितहरु वताउछन । डा.काफलेले बिमारीको हरेक समस्या बुझने र समष्या समाधान गर्न आफै खटिने गरेका छन । जस्ले गर्दा अहिले अँईसोलेसन वार्डमा सुधार भएको छ । उनले सुरुका दिनमा बिमारीलाई खाना ढिला हुदा कर्रा को आइसोलेसनबाट ८ जनाका लागि आफैले गएर खाना ल्याएर खुवाएको एक सक्रमितले वताए । यहा सबै राम्रो छ । खाना पनि मिठो छ । समयमा नै खाना खाजा लेराउछन ।

त्यही माथी डाक्टर सागर काफलेलगायत स्वास्थ्यकर्मीहरुले गर्ने व्यवहार सक्रमितमैत्री रहेको छ । उनीहरुले सबैको समस्या बुझने, बिमारीलाइ राम्रो व्यवहार गर्ने र सक्रमितको उच्च मनोवल वढाउने काम गर्ने गरेको एक सक्रमित महिलालले वताईन । उक्त आईसोलेसन वार्डमा आइतबार ९२ जना कोरोना सक्रमित छन । जस्मा ७८ पुरुष र १४ महिला रहेका छन । ४ जना डिस्चार्ज भैसकेका छन् । आइसोलेसनमा रहेका बिमारीहरु एकै घरका परिवार जसरी बसेका छन् । यहाँबस्दा सबैलाई यही रमाइलो भैसकेको छ ।
बिहान खाजा पछि सबै जना गित बजाएर नाच्ने गर्छन् खाना पछि आराम गर्छन् । दिउसो फेरि खाजा खान्छन् खाजा पछि सबै गफ गर्न थाल्छन् फेरि खाना आउछ खाना खाइसके पछि सबै जना नाचगान गर्छन । सबै परिवार जस्तै भएर बसेका छन् । डिस्चार्ज भएर जादा सबै नरमाइलो मान्छन । सबैलाई यहा“ बस्दा आफनै घरमा बसेको अनुभव भैसकेको छ । कोरोना सक्रमितहरुका लागि भबन निमार्ण भैरहेको पनि छ । एक सक्रमितले आफुलाइ यही रमाइलो लाग्न थालेको वताइन । साथीहरुलाई छोडेर जादा दुःख लाग्छ । तर सवैले आईसोलेसन सकेसम्म छिटो छोडेर जानु पर्छ ।







