हेटौंडाका थप १६ जनामा कोरोना संक्रमण पुष्टि

आज थपीएका संक्रमितमा १२ जना पुरुष र ४ जना महिला रहेका छन् ।
जनपत्र
७ भाद्र २०७७, आईतवार १८:२०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आज थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपमहानगरपालिका क्षेत्रमा अरु गाउँपालिकाको तुलनामा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडा कर्रा आईसोलेसन अनुसारमा साउन ३२ गते, भदौ १ र २ गते लिएको स्वाबको परिक्षणका क्रममा १६ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

संक्रमित हुनेहरुमा हेटौंडा–५ का ५ जना, हेटौंडा १० का ३ जना, हेटौंडा ९ को २ जना, हेटौंडा ४ को ३ जना, हेटौंडा ११ को २ जना, हेटौंडा ८ को १ जना रहेको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*