कोरोना संक्रमणबाट मकवानपुरमा मृत्यु हुनेको सख्या ४ पुग्यो

जनपत्र
७ भाद्र २०७७, आईतवार ०८:४५

हेटौडा । मकवानपुर जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ४ पुगेको छ । बिभीन्न रोगले थलीएकामा कोरोना संक्रमण पनि देखिएपछी मृत्यु भएको स्वास्थ्यकर्मीहरुले वताएका छन् । पहिले देखिकै रोगले थलीएकाहरुमा मृत्युपछी कोरोना पुष्टि भएको हो ।

शनिबार हेटौंडा उपमहानरपालिका वडा नंबर ३ की ६५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भए संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको हो । उहाँ उपचारको लागि गत साउन ३२ गते चितवन मेडिकल कजेल भर्ना हुनुभएको थियो ।

शनिबार राति ७ बजेर २६ मिनेटमा उनको ज्यान गएको भरतपुर अस्पतालले जानकारी गराएको छ । यसअघि कोरोनाबाट मृत्यु हुनेमा हेटौंडा उपमहानरपालिका वडा नम्बर १,४ र १९ का एकएक जना रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*