मकवानपुरमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अनुरोध

जनपत्र
७ भाद्र २०७७, आईतवार ०७:४३

हेटौंडा । कोरोना संक्रमण मकवानपुरमा पनि वढ्दै गएपछी रगतको अभाव हुन थालेको छ । साउनको अन्तिम साता देखिकै मकवानपुरमा स्थानीय प्रशासनले निशेषधाज्ञा जारी गरेकाले रक्तदानका कार्यक्रम हुन नसकेकाले रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री खेमराज सापकोटाले जानकारी दिनुभयो ।

रेडक्रसको व्लड बैकमानै आएर रक्तदान गर्न उहाँले आग्रह समेत गर्नुभएको छ । बन्दाबन्दी र निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम हुन नसकेकाले रगत अभाव भएको नेपाल उहाँले वताउनुभयो ।

रेडक्रस हेटौंडाको रक्तसञ्चार केन्द्रमा वि पोजेटिभ रगत १६ पोका मात्र रहेको र कुनै विरामीले रगत चाहियो भनिहालेको अवस्थामा रक्तदाताहरुलाई टेलिफाने मार्फत वोलाएर रगत दिने गरिएको मन्त्री सापकोटोले वताउनुभयो । रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको भन्दै रेडक्रसले रक्तदानका लागि अनुरोधसमेत गरेको छ ।

दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला विरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक शल्यक्रिया गर्नुपर्ने विरामीहरुका आफन्तहरु केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न समस्या हुने भएको छ । हेटौंडामा विरामीले रगत पाउने समस्या भइनहाले पनि अहिले रगतको पर्याप्त मौजदात नरहेको वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*