आज ऋषि पञ्चमी, मकवानपुरका खोला किनारमा स्नान गर्न प्रतिबन्ध, घरमै नुहाउन प्रशासनको सुझाब

जनपत्र
७ भाद्र २०७७, आईतवार ०६:४१

हेटौंडा । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर महिलाहरुले ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

तर, आज मकवानपुर प्रशासनले खोलाका किनारमा भेला भएर पन्चमी नुहाउनका लागि प्रतिवन्ध लयाएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले वताउनुभयो । कोरोना भाइरसको त्रास वढेको र संक्रमण फैलन नदिनका लागि खोलाका किनारमा गएर पन्चमी नहाउनका लागि रोक लगाइएको उहाँले वताउनुभयो ।

रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

ऋषिपञ्चमीका दिन मकवानपुरको हेटौंडा लगायतका १० वटै स्थानीय तहमा ऋषेश्वर मन्दिरमा पूजा आराधनाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण मन्दिरमा गएर पूजा गर्न रोक लगाइएको प्रजिअ नेपालले वताउनुभयो ।

ऋषिपञ्चमी पर्वमा महिलाले नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको महामारीका कारण घर घरमै स्नान गर्न उहाँले आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*