६ वर्षीया बालिकासहित थप ९ जनाको ज्यान गयाे : काेराेनाका कारण ज्यान गुमाउनेकाे सङ्ख्या १४६ पुग्याे

जनपत्र
७ भाद्र २०७७, आईतवार ०६:००

कोरोनाका कारण नेपालमा गएको २४ घण्टामा ९ जनाको ज्यान गएको छ । सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको ज्यान गएको छ । यस्तै, पर्सामा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ६१ वर्ष, ५८ र ४८ वर्षका पुरुष रहेका छन् ।

त्यसैगरी, बारामा ५८ वर्षका पुरुष, सिरहामा ६८ वर्षका परुष, मकवानपुरमा ५६ वर्षका पुरुष र भक्तपुर ७३ वर्षका पुरुषको ज्यान गएको छ । योसँगै नेपालमा अहिलेसम्म १४६ जनाको ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*