सङ्क्रमितको सम्पर्कमा पुगेका व्यक्तिले स्वास्थ्य परीक्षण गर्न हतार नगर्नुस् : स्वास्थ्य मन्त्रालय
काठमाण्डाै – सरकारले कोरोनाको सङ्क्रमण दिनहुँ बढीरहेकाले स्वास्थ्य परीक्षण गर्दा पनि ध्यान दिन सुझाव दिएको छ ।
उहाँका अनुसार सङ्क्रमितसँग सम्पर्कमा रहनासाथ गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट नेगेटिभ आउन सक्ने भएकाले स्वास्थय परीक्षणका लागि ५ देखि सात दिन पर्खनु उत्तम हुन्छ ।
यो अवधिमा अरुको सम्पर्कमा नरहने गरी होम क्वरेण्टीनमा बस्न उहाँले आग्रह गर्नुभयाे । अहिले काठमाण्डौ उपत्यका लगायत देशका धेरै ठाउँमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले स्वास्थ्य परीक्षणमा ध्यान दिन सके पनि सङ्क्रमण केही कम हुन सक्ने मन्त्रालयको भनाई छ ।






