गएको २४ घण्टामा ६ सय ३४ जनालाई कोरोना सङ्क्रमण

जनपत्र
६ भाद्र २०७७, शनिबार १६:४९

काठमाण्डाै – नेपालमा गएको २४ घण्टामा ६ सय ३४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

आज काठमाण्डौ उपत्यकामा मात्रै २१६ जना सङ्क्रमित थपिएका छन् । नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेशवर गौतमले काठमाण्डौमा १६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जना सङ्क्रमित थपिएका जानकारी दिनुभयो ।

यस्तै गएको २४ घण्टामा १३६ जना उपचार पछि निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ ।

आज १२ हजार ५ सय १९ जनाको पीसीआर विधिबाट परीक्षण भएको पनि गाैतमले बताउनुभयाे । यस्तै अहिले देशभर ११ हजार ६ सय ५८ जना क्वरेन्टीनमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*