मकवानपुरका थप २१ जनामा कोरोना संक्रमण पुष्टि, हेटौंडाका १२ जना, मनहरीका ८ जना, प्रहरीका १ जना

जनपत्र
६ भाद्र २०७७, शनिबार १०:५१

हेटौंडा । मकवानपुरमा आज थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएका सवै भन्दा धेरै हेटौंडाका १२ जना रहेका छन् । आज पुष्टि भएका मनहरीका ८ जना रहेका छन् । मकवानपुरमै कार्यरत एक जना प्रहरीमा पनि कोरोना पुष्टि भएको छ । अरु दुईजना नुवाकोट जिल्लाको रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्इ निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

बितेको साउन ३२ गते र भदौ १ गते स्वाब संकलन गरिएको र हिजो रिपोर्ट आउन ढिलाइ भएकाहरुको कोरोना संक्रमण पुष्टि भएकाहरुको आज रिपोर्ट सार्वजनिक भएको हो । संक्रमति हुनेहरुमा सबै भन्दा वडी हेटौंडा–१० का ६ जना, हेटौंडा–५ का १ जना, हेटौंडा–७ का १ जना, हेटौंडा–९ का १ जना, हेटौंडा–४ का २ जना, हेटौंडा–२ का १ जना रहेका छन् । यस मध्यमा हेटौंडाका ४ जना महिलामा कोरोना भएको उहाँले वताउनुभयो ।

यसैगरी मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मा आज एकै दिनमा ७ जना कोरोना संक्रमित थपिएका छन् । मनहरी–८ मा एक जना कोरोना संक्रमित थपीएका हुन् । मकवानपुरमा कार्यरत बाँके घर भएका नेपाल प्रहरी र नुवाकोट घर भएका दुईजनाको रिपोर्ट पोजेटिभ आएको चौलागाईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*